बुधबार, असार ३१, २०८३

तीन उत्कृष्ट प्रहरी पुरस्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परीसर ललितपुरले तिन उत्कृष्ट प्रहरीलाई पुरस्कुत गरेको छ। 

पुरस्कृत हुनेमा अपराध अनुसन्धातर्फ प्रहरी निरीक्षक खुमलाल भुसाल, जनमैत्री सामाजिक सचेतनामुलक कार्यक्रमतर्फ प्रहरी निरीक्षक चन्चला श्रेष्ठ  तथा प्रहरी परिचालन तथाशान्ती सुरक्षा व्यवस्थापनतर्फ प्रहरी सहायक निरीक्षक  मिनबहादुर तामाङ छन।

पुरस्कृत तीनैजनाले जनहि २० हजार तथा प्रशंसा पत्र पाएका छन।


सिटीजन बैंक ईन्टरनेसनलले  महानगरीय  प्रहरी परीसर ललितपुरलाई बार्षिक ७ लाख २० हजार उपलब्ध गराउने सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका कार्यकारी प्रमुख राजेन्द्र सिंह भण्डारी तथा परीसर प्रमुख बरिष्ट प्रहरी उपरीक्षक गणेश बहादुर ऐरले हस्ताक्षर गरेका छन । 

महानगरीय प्रहरी परिसर ललितपुर एवं सिटिजन्स बैंक ईन्टरनेशनल काठमाण्डौको सहकार्यमा यस जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई अझ वढी जिम्मेवार तथा काम प्रति उत्तरदायी बनाउन उच्च मुल्याङकन र पुरस्कृत गर्ने लक्ष्य राखी प्रोत्साहन स्वरुप प्रदान गरिने बताए। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।