बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ ०६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६२ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १८ पैसा र बिक्री दर ३२ रुपैयाँ ३४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०७ पैसा र बिक्री दर ३२ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 25, 2022| 06:24 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्