शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल पक्षीय बैठक : सम्मानजनक एकतामा जान केन्द्रीय सदस्यहरुको जोड

माधव नेपाल पक्षीय बैठक : सम्मानजनक एकतामा जान केन्द्रीय सदस्यहरुको जोड

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सम्मानजनक पार्टी एकतामा जान जोड दिएका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सम्मानजनक पार्टी एकतामा जान जोड दिएका छन्।

बिहीबार सुरु भएको बैठकमा बोल्न बाँकी सदस्यहरुले शुक्रबार बोल्दै सम्मानजनक एकतामा जोड दिएका हुन्। शुक्रबार ३५ जना सदस्यले आफ्नो धारणा राखेको नेता रघुजी पन्तले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकपछि बसेको स्थायी कमिटी बैठकमा नेता माधव नेपालले नेताहरुलाई आलोचनात्मक अभिव्यक्ति दिँदा संयमित र जिम्मेवार बन्नुपर्ने सुझाव राखेको नेता पन्तले बताए।

उनले भने, ‘केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठकमा नेता नेपालले केपी ओलीले जति गाली गरे पनि म एकताकै पक्षमा छु, ओलीले अल्मल्याउन खोजेका तै हैनन् भन्ने साथीहरुको चिन्ता छ, म त्यसो नहोस् भन्ने चाहन्छु भन्नुभयो।’ 

केन्द्रीय कमिटी बैठकपछि बसेको स्थायी कमिटी बैठकमा विभिन्न चार प्रस्ताव गरिएको नेता पन्तले बताए।

उनका अनुसार संसद पुनर्स्थापनाका पक्षमा फैसला गरेकोमा सर्वोच्च अदालतलाचई धन्यवाद दिने प्रस्ताव गरियो। त्यस्तै पार्टी एकतको लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेतालगायत विभिन्न नेताहरुमाथि अनेक टिप्पणी लगाउने र लाञ्छना लगाउने काम उचित नभएको भन्दै दुःख व्यक्त गर्ने र आफ्ना अभिव्यक्तिमा संयमित हुने प्रस्ताव गरियो।

त्यस्तै पार्टी एकताको लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा ओली पक्षले एकपक्षीय ढंगले बैठक गर्नु, सदस्यता वितरण गर्नु, विभागहरु विस्तार गर्नु, सदस्यता नवीकरण सुरु गर्नु तथा अधिवेशनको मिति तय गर्नु आपत्ति जनक रहेको भन्दै यस्ता कार्य रोक्न र सदस्यता नवीकरण तथा संगठनात्मक गतिविधि रोक्न आग्रह गर्ने प्रस्ताग गरिएको पन्तले बताए।

‘त्यस्तै चौथो प्रस्तावमा अहिलेसम्म भएका १० बुँदे सहमतिलगायतका सहमतिले एकताको आधार निर्माण गरेका छन्। १० बुँदेलगायतका सहमतिलाई कार्यान्वयन गर्दै एकताका थप आधारहरु तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ। हामीले पार्टीले पार्टीलाई एकताबद्ध बनाउने तर्फ सजगताका साथ बढ्न आवश्यक छ। यससम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ।’ पन्तले भने।

उनका अनुसार सरकारमा जाने सम्भावना छैन भने यसबारे बैठकमा कुनै पनि छलफल भएको छैन।

सञ्चारकर्मीको प्रश्नमा उनले एकता नै दुवै पक्षमा जित हुने भन्दै विभाजनमा पुगे सत्यानाश हुने बताए

प्रकाशित: Aug 06, 2021| 17:00 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...