बुधबार, असार ३१, २०८३

पाँच जना हुन्डी कारोबारी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  महानगरीय प्रहरी अपराध महाशाखाले अवैध हुण्डी कारोबार गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कुलेश्वरमा माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक भारतीय नागरिक विजय गुप्ता, अंकित अग्रवाल र ललितपुरका दीपक श्रेष्ठ, चितवन खैरेनी-१० शान्तिबजारका सञ्जित पाण्डे, धनकुटा महालक्ष्मी-३ का पुजन छाला जिमी छन्।
 
महाशाखाले पाएको गोप्य सूचनाको आधारमा पक्राउ परेका उनीहरूबाट नगद ५३ लाख १९ हजार ६ सय ७५ तथा २३ लाख १३ हजारको चेक बरामद गरिएको छ।   

प्रारम्भिक अनुसन्धानका लागि पाँचै जानालाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।