बिहीबार, असार ३२, २०८३

दार्चुलामा कांग्रेस नेता मृत फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपाली कांग्रेसका आमन्त्रित जिल्ला कार्य समिति दार्चुलाका सदस्य प्रमानन्द भट्ट मृत फेला परेका छन्।
 
काठमाडौंबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा मृत फेला परेका हुन्। लामो समयदेखि काठमाण्डौमा परिवारको उपचारको लागि गएका भट्ट घर फर्किने क्रममा मृत भेटिएका हुन्। आउँदा आउँदै बाटोमा लडेकै अवस्थामा मृत भेटिएको स्थानीयले बताएका छन्।
 
भट्टकी श्रीमतीको विगत ५ र ६ महिनायता काठमाण्डौमा उपचार भइरहेको छ। घट्नाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।