मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बस्यो न्याय परिषद्, यी हुन् निर्णय

कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बस्यो न्याय परिषद्, यी हुन् निर्णय

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्याय परिषद्को बैठक बसेको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्याय परिषद्को बैठक बसेको छ। न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुनुपर्ने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएकाले कामु प्रधानन्यायाधीश कार्कीको अध्यक्षमा बैठक बसेको हो। 

परिषद्मा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसन र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त एक-एक जना सदस्य हुने व्यवस्था छ। बुधबारको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का, नेपाल बार र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त क्रमशः रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित थिए। 

बुधबार बसेको परिषद् बैठकले विशेष अदालतमा अध्यक्ष र सदस्यहरू पदस्थापनाका लागि सिफारिस गरेको छ। उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेललाई बनाउन परिषद्ले सरकारलाई सिफारिस गरेको छ। न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारु विशेष अदालतको सदस्यका रूपमा सिफारिस भएका छन्। 

विशेष अदालतमा एक जना अध्यक्ष र पाँच सदस्य रहने व्यवस्था छ। तर विशेषमा दुई जना मात्र न्यायाधीश थिए। ती दुवै जनाको पनि काज सरुवा गर्ने निर्णय परिषद्को छ। 

विशेषका न्यायाधीश अब्दुल अजिज मुसलमान उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा सरुवा भएका छन् भने नित्यानन्द पाण्डेलाई उच्च अदालत सुर्खेतमा खटाउन सिफारिस भएको छ। 


प्रकाशित: Feb 23, 2022| 20:18 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...