शनिबार, मंसिर १३, २०८२

साना दललाई चुनाव चिन्ह नदिएकोमा पाशवानको आक्रोश

बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पाशवानले स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजिएको आरोप लगाएका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

बुटवल– बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पाशवानले स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजिएको आरोप लगाएका छन्।

National life

उनले जनताको बलमा संघीयता र गणतन्त्र प्राप्त गरेको बताउँदै चुनाव चिन्हमा रोक लगाएर पूर्वराजा ज्ञानेन्द्र शाह नबन्न सरकारलाई चेतावनी दिए। 

कपिलवस्तुमा आयोजित पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पाशवानले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीजी! जनताको बलमा राजा फालेका हौं। लोकतन्त्रमा चुनाव चिन्ह पनि नपाउने अवस्था आए हामी मान्दैनौं।’ कानुनले नमिल्ने भए पनि संशोधन गर्न उनले सरकारसँग आग्रह गरे। 

संविधानले दिएको अधिकारसमेत कार्यान्वयन गर्न सरकार असफल बनेको उनले बताए। पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायको अधिकार स्थापित नभए ठूलो विद्रोह हुने चेतावनी पाशवानले दिए। नेपालका राजनीतिक पार्टीहरूले दलित, जनजाति, मुस्लिम, मधेशी जनताको पक्षमा काम नगरेको बताउँदै उनले त्यसको विकल्पमा बहुजन शक्ति पार्टी आएको बताए। उत्पीडित, जनजाति, आदिवासी, जनजाति, मुस्लिमहरूले सामाजिक जनविद्रोह गर्नुपर्ने उनको भनाइ छ। 

राणा, पञ्चायत, राजालाई हटाउँदा पनि नेपाली जनताको सपना लत्याउन खाज्नेहरू अहिले सलबलाएको उनको भनाइ छ।  

Laxmi sunrise bank
kumari

शुक्रबारसम्म चल्ने पार्टीको बन्दसत्र रूपन्देहीको भैरहवामा हुनेछ। छैटौं अधिवेशनले समावेशिताका सवाल र समयसामियक राजनीतिक विषयमा निर्णय गर्ने बहुजन शक्ति लुम्बिनी प्रदेश सचिव सतिश निगमले जानकारी दिए। अधिवेशनमा देशभरबाट आएका ५ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्। बन्द सत्रले शुक्रबार नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: Feb 23, 2022| 17:34 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।