मंगलबार, भदौ २, २०८३

कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ। बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १ बजे बस्ने तय भएको छ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ। केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ। पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए। 

पार्टीको १४औं महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ।

पदाधिकारी बैठकमा एमसीसी तथा गठबन्धनबारे पनि छलफल हुने बताइएको छ। 

प्रकाशित: Feb 23, 2022| 13:11 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...