सोमबार, मंसिर १, २०८२

फुटाउँदा त यसपटक...

साँच्चै भनेको, त्यसरी बानेश्वर चोकमा उभिएर प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन।
 |  बुधबार, फागुन ११, २०७८

सौरभ कार्की

सौरभ कार्की

बुधबार, फागुन ११, २०७८

त्यसरी बानेश्वर चोकमा उभिएर 
प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन।

National life

यसपटक ढुङ्गो त यसरी हान्न मन थियो कि,
भत्कियोस् संसद् भवन।
ढलोस् सिंहदरबार।
शोषकहरूको घरको सिसा फुटोस्।
कति फुटाउनु आफ्नै मात्र टाउको साथी,
फुटाउँदा त यसपटक बालुवाटार नै फुटाउन मन थियो। 

छेलो खेलेझैँ 
फाल्न मन थियो ढुङ्गो–संसद् भवनभित्रैसम्म पुग्ने गरी।
फुटोस् टेबल।
च्यातियोस् प्रस्ताव। 
थर्थरी काँपोस् मुटु - साम्राज्यवादको मुन्सी बनिरहेको प्रस्तावकको। 

यो गोलो ढुङ्गो 
ताकेर हान्न मन थियो 
बोली फेरिरहने नेताज्यूलाई।
डरले-खलखलती पसिना बगोस्। 
निदाउन नसकुन्-ढुङ्गो हुर्रिएको गति सम्झेर ! 

आफै खित्खिताउँदै 
वर्षौंदेखि हामीमाथि अट्टाहास गरिरहेको- एउटा चटकेलाई 
उभ्याउन मन थियो-जनताको कठघरामा।
घेरा हालेर सोध्न मन थियो - केही सामान्य प्रश्नहरू। 
कालोनीलो होस् त्यसको अनुहार।
चुट्किला त के-'पानी' समेत भन्न डराओस्। 

Laxmi sunrise bank
kumari

साँच्चै भनेको, त्यसरी बानेश्वर चोकमा उभिएर
प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन। 

सार्वभौमिकता दाउमा राखेर
साम्राज्यवादको तलुवा चाट्ने
आक्कलझुक्कल मुसुक्क मुस्कुराउँदै 
हात जोडेर ङिच्च दाँत देखाउने 
सांसदज्यूलाई, मात्रै ५ दिन भोकै राख्न मन थियो। 
र सोध्न मन थियो : 'थोरै चिउरा छ, के सँग खाने हो?' 

भर्खरै प्रहरीको गोली लागेर
ढलेको आन्दोलनकारीको रगत लत्पतिएको यो ढुङ्गो
बोकेर हिँड्न मन छ झोलाभित्र
ताकि हरेक झोला देखेर
तर्सिउन्-साइरन बजाउँदै सिंहदरबारबाट निस्कने गाडीका लस्कर। 
ढुङ्गो बज्रँदा कम्पन यसरी छुटोस् कि,
- टेबुलमुनि कुनै हात नलम्किउन्। 
- बुरुक्क बुरुक्क तिनका आसेपासे नचम्कुन्। 

ढुङ्गो त यसरी हुर्‍याउन मन थियो कि,
सुइय्यँ... गरेर हावामा बत्तिँदै
बढेमानको पर्खाल नाघेर
फुटाउँदै सिसा
ढुङ्गो पुगोस् बालुवाटारको गद्दीसम्म
ढलोस् जनतामारा राज्यसत्ता।

त्यसरी बानेश्वर चोकमा उभिएर 
प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन। 
ढुङ्गो त यसरी हान्न मन थियो कि,
बत्तिँदै आएको ढुङ्गो देखेर
सातो उडोस् बुर्जुवा शासकको।
तुरुक्कै मुतुन् नवधनाढ्य युवराजहरूले।

कति फुटाउनु आफ्नै मात्र टाउको साथी,
फुटाउँदा त यसपटक बालुवाटार नै फुटाउन मन थियो।

प्रकाशित: Feb 23, 2022| 12:03 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।