काठमाडौं– हिजो मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ आज भने ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ।
हिजो छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो।