मंगलबार, भदौ २, २०८३

एमसीसीमा सहमति जुटाउन दौडधुपमा देउवा, खाणलाई पनि खटाए

अमेरिकी अनुदान परियोजना एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल तीव्र बनाएका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– अमेरिकी अनुदान परियोजना एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल तीव्र बनाएका छन्। संसद् बैठक नजिकिँदै जाँदा देउवाले सत्ता साझेदार र विपक्षी दलसँग संवादको क्रम बढाएका हुन्।

हिजो रातिसम्म आफ्नो सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग छलफल गरेका देउवाले आज पनि नेताहरुसँगको संवादलाई निरन्तरता दिएका छन्।

एमसीसीमा सहमति जुटाउन लागिपरेका देउवाले संवादका लागि आफूनिकट कांग्रेस नेता गृहमन्त्री बालकृष्ण खाणलाई पनि खटाएका छन्। खाणले ओलीलाई निवासमै गई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् भने खुमलटार पुगेर प्रचण्डलाई पनि भेटेका छन्। 

सरकारले सत्ता साझेदार दलकै अवरोधका बीच संसद्‌मा प्रस्तुत गरेको एमसीसी पारित गर्न कठिन देखिएको छ। गत आइतबार प्रस्तुत भएको एमसीसीमाथि भोलिको प्रतिनिधिसभा बैठकमा छलफल हुने सम्भावना छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

संसद्‌मा एमसीसीबारे छलफल गर्ने वातावरण तय गर्न र त्यसलाई अनुमोदनको प्रक्रियामा लैजान प्रधानमन्त्री देउवाले दलहरूबीच सहमति खोजिरहेका छन्। एमसीसीबारे सत्ता गठबन्धनभित्रै दलहरूबीच चर्को मतभेद रहेकाले गठबन्धनको साथ नपाएको खण्डमा विपक्षीको सहयोग लिएर भए पनि एमसीसी अनुमोदन गराउने प्रधानमन्त्री देउवाको जोडबल छ।

यही फागुन १६ गतेभित्र नै एमसीसी अनुमोदन गराइसक्नुपर्ने दबाबमा सरकार छ। यसअघि प्रधानमन्त्री देउवा र माओवादी प्रचण्डले  नै एमसीसीलाई पत्र लेखेर एमसीसी अनुमोदन गर्ने वचन दिएको विषय सार्वजनिक भइसकेको छ। तर, अहिले प्रचण्डको पार्टी माओवादी एमसीसीको विरोधमा छ।

एमसीसी सदनमा प्रस्तुत गर्ने दिन पनि माओवादीका प्रमुख सचेतक देव गुरुङले सहमतिबिना एमसीसी अघि बढाइएको भन्दै चर्को विरोध गरेका थिए। केही माओवादी सांसदले त एमसीसीविरुद्ध संसद्मा नाराबाजीसमेत गरेका थिए। अर्का सत्ता साझेदार दलहरु नेकपा (एस) र जसपाले भने एमसीसीको पक्ष वा विपक्षमा जाने भन्नेबारे प्रष्ट गरेका छैनन्।

प्रकाशित: Feb 23, 2022| 11:04 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...