काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ।
संसदमा टेबुल भएको एमसिसीका विषयमा छलफल गर्न देउवा खुमलटार पुगेको बताइएको छ। सत्ता गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद भइरहेको समयमा देउवा खुमलटार पुगेका हुन्।
प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा छन्। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा छन्।
यहीबीच देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच पनि मंगलबार बेलुकी बाटुवाटारमा भेटवार्ता भएको थियो।