बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३५ रुपैयाँ ५० पैसा र बिक्री दर १३६ रुपैयाँ १८ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ३७ पैसा र बिक्री दर १६३ रुपैयाँ १९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २१ पैसा र बिक्री दर १३० रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २६ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३३ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४१ पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 23, 2022| 06:26 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्