बुधबार, असार ३१, २०८३

प्रचण्डले सुनाए महादेव पार्वतीको कथा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महादेव–पार्वतीको कथा सुनाए।

उनको भनाइमा महादेव र पार्वती आकाश मार्ग हुँदै डुलेका बेला फोहोरमा सुँगुर खेलेको देखेर पार्वतीलाई दया लागेछ। र, स्वर्ग हिँड्न आग्रह गरिछन्। तर, सँुगुरले फोहोर भए मात्र जान्छौं भनेछन्। उनको भनाइ प्रमुख प्रतिपक्षी कांग्रेसतर्फ लक्षित थियो।

एउटा डाक्टरलाई मोहोरा बनाएर कांग्रेसले राजनीति गरेको आरोप प्रचण्डले लगाए। ‘दुई तिहाइ बहुमतको सरकारलाई कम्तीमा तीन वर्ष ढुक्कले काम गर्न दिने चलन भए पनि चार महिना नबित्दै तोडफोड शुरु भइसक्यो,’ उनले भने। सरकारी डाक्टरलाई उपचार गर्न दिन्नँ भनेर कांग्रेसले लोकतन्त्रको खिल्ली उडाएको दाबी पनि गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।