मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीको विपक्षमा मतदान गर्नेसँग सरकारमा बस्न सकिँदैन : महामन्त्री थापा

एमसीसीको विपक्षमा मतदान गर्नेसँग सरकारमा बस्न सकिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।

मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए।

‘सरकारमा बसेर सरकारकै प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं तर तर सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ। कि यसका पक्षमा मतदान गरेर सँगै बसौं, फरक फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन,’ थापाले भने। 

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याएको बताउँदै उनले पहिले सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे। एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने उनले बताए। भने, ‘यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनतासँग गएर भन्छौं।’

प्रकाशित: Feb 22, 2022| 17:02 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...