बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टोरोन्टोमा भएको गोली प्रहारमा एक महिलाको मृत्यु, १३ घाइते

टोरोन्टोमा भएको गोली प्रहारमा एक महिलाको मृत्यु, १३ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- क्यानडाको टोरोन्टोस्थित ग्रिक टाउन सिटीमा आइतबार राति भएको गोलीकाण्डमा एक महिलाको मृत्यु भएको छ। घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन्।

गोली प्रहार गर्ने व्यक्ति प्रहरीको इन्काउन्टर मारिएको टोरन्टो प्रहरी प्रमुख मार्क सान्डेर्सले बताए। घाइते बालिकाको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय बासिन्दाका अनुसार राति १० बजे हमलाकारीले २५ देखि ३० राउन्ड गोली प्रहार गरेका थिए। पारामेडिक्स दमकल तथा प्रहरीले घटनास्थललगायत अासपासका रेस्टुराँलार्इ खाली गराएको छ। प्रहरीका अनुसार आक्रमणकारीले हाते गन प्रयोग गरेका थिए।

घटना आतंककारी हमला भने नभएको प्रहरीको भनाइ छ। पछिल्लो समय क्यानडामा गोलीकाण्डका घटना बढेका छन् । तथ्यांकअनुसार गत वर्षको तुलनामा  यस वर्ष गोलीकाण्डका घटना दुई गुणाभन्दा बढीले वृद्धि भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।