काठमाडौं– सुजुकी कम्पनीले नेपाली बजारमा नयाँ सेलेरियो सार्वजनिक गरेको छ। नेपालका लागि सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार दाबी गर्दै नयाँ सेलेरियो सार्वजनिक गरेको हो।
नयाँ सेलेरियो अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक डिजाइन, फर्स्ट इन सेगमेन्ट सुरक्षा र सुविधायुक्त विशेषताहरूले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसमा १५ इन्चको अलोय ह्विल छ। गाडीमा फराकिलो क्याबिन पाउन सकिन्छ भने भित्री डिजाइन प्रिमियम छ। यसमा ७ इन्चको स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट प्रविधि दिइएको छ। यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि छन्।
पावर र माइलेजको उत्तम सम्मिश्रण भएको सेलेरियोमा डुअल जेट, डुअल भिभिटीयुक्त के संस्करण इन्जिन जडित छ, जसले २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ। सुरक्षाको लागि कम्पनीले नयाँ सेलेरियोमा विशेष जोड दिएको छ। यसमा १२ वटाभन्दा बढी सुरक्षा विशेषताहरू समावेश गरिएको छ।
नेपाली बजारमा नयाँ सेलेरियो भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी तीन भेरियन्टमा उपलब्ध छ। सेलेरियो भिएक्सआईको मूल्य २७ लाख ९९ हजार, सेलेरियो जेडएक्सआईको २९ लाख ९९ हजार र सेलेरियो जेडएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।