शनिबार, मंसिर १३, २०८२

असिनापानीले पोखरामा ११ करोडको क्षति

पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँबराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँबराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएको छ।

National life

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए। राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्न सक्ने उनको सुझाव छ।

असिनाका कारण तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतमा धेरै क्षति पुगेको छ। असिनापानी परेको दोस्रो दिनसम्म पनि पूर्ण रुपमा असिना पग्लिएको छैन।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैंसी मरेका छन्। फार्मको टिनको छानोमा असिनाको भार पर्दा सो भाँचिएर थिचेका कारण भैंसी मरेका हुन्। त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन्। गुरुङका अनुसार उनको फार्ममा २० लाख बराबरको क्षति भएको छ।

उता, पोखरा वडा–११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिँदा पूर्ण रुपमा क्षति भई २० लाख बराबरको नोक्सान पुगेको बताए।

Laxmi sunrise bank
kumari

यसैगरी पोखरा–११ का कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ। पोखरा–११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र सो वडा भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए। उनले कृषकको राहतमा आफूले पहल गरेको बताए।

पोखरामा आइतबार दिउँसो भीषण असिनापानी परेको थियो। असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो। न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमरसिंह चोक, रानीपौवा क्षेत्रमा असिनाले सडक नै छोपिएको थियो। सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो। 

प्रकाशित: Feb 22, 2022| 12:31 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।