बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३५ रुपैयाँ ११ पैसा र बिक्री दर १३५ रुपैयाँ ७९ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ १२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६३ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६८ पैसा र बिक्री दर ८६ रुपैयाँ ११ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७७ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 22, 2022| 06:25 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्