बुधबार, असार ३१, २०८३

साउने सोमबारको पूजा गर्न हिमानी पशुपतिमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- नेपाली नारीहरूको विशेष पर्व साउने सोमबार पूर्वयुवराज्ञी हिमानी शाहले पनि विशेष रूपमा मनाएकी न् । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा पुगेर पूजा अर्चना गर्दै उनले पनि मनाएकी हुन् । 

धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रहँदै आएकी हिमानी छोरा–छोरीलाई पनि साथमा लिएर पशुपतिनाथ पुगेकी थिइन् । उनले पशुपति क्षेत्रमा करिब आधा घण्टा बिताइन्। 

साउनको सोमबार हिन्दु महिलाहरू भगवान शिवको व्रत बस्ने गर्छन् । साउने सोमबार ब्रत बसे सन्तानबाट खुशी र पारिवारिक शान्ति मिल्ने धर्मशास्त्रहरूमा उल्लेख छ । 

साउनको सोमबार भगवान शिवको पूजा अर्जना गरे मनोकामना पूरा हुने धार्मिक विश्वकासका साथ महिलाहरू शिवालयमा पुग्ने गर्छन् । पशुपतिनाथमा बिहानैदेखि महिला भक्तजनको घुइँचो लागेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।