काठमाडौ- सोमबार नेप्से परिसूचक २५.४१ अंकले वृद्धि भएको छ। २७ सय १८.५१ विन्दुमा पुगेको नेप्सेमा कारोबार रकम भने खुम्चिएको छ।
यसदिन २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो। ३९.४० अंकले ओरालो लागेर नेप्से आइतबार २६ सय ९३.१० बिन्दुमा पुगेको थियव।
सोमबार कारोबारमा आएका सबै समूहको सूचक बढेको छ। जलविद्युत समूहमाको सर्वाधिक २.२४ प्रतिशतले सूचक बढेको छ।
सोमबार युनाइटेड इदी-मार्दी एण्ड आरबी हाइड्रोपावरको १० प्रतिशत र गुराँस लघुवित्तीय वित्त संस्थाको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ।