बुधबार, असार ३१, २०८३

फेरि सुरु भयो मलको अभाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लहान- किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । 

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । 

धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।  

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको प्रमुख चौलागाईको भनाइ छ । डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी लिमिटेड लहानले आजबाट मलखाद्य वितरण शुरु गरेको छ । 

विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न शुरु गरेको प्रमुख चौलागाईले बताए ।  डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ । 

पहिलो चरणमा १०० सहकारीलाई प्रतिसहकारी ३५ बोराका दरले उपलब्ध गराउने र थप मल आएपछि क्रमशः वितरण गर्ने क्रमलाई निरन्तरता दिने उनको भनाइ छ । कृषि सामग्री कम्पनीले डिएपी प्रतिबोरा रु दुई हजार १८८ र युरिया रु ७३८ का दरले सहकारी संस्थालाई बिक्री गर्दै आएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।