काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भैरहेको छ। यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो।
यस्तै आज तेजावी सुन तोलामा ९५ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको १३०० मा कारोबार भएको महासंघले जनाएको छ।