बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३४ रुपैयाँ ९२ पैसा र बिक्री दर १३५ रुपैयाँ ०६ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ९६ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४९ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९२ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  

प्रकाशित: Feb 21, 2022| 06:24 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्