बुधबार, असार ३१, २०८३

पानी नपरेपछि सुक्न थाले धानबाली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कैलाली - यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । 

रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताउनुभयो । “बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, किसान जंगवीरले भने, “वर्षा नहुँदा देखिएको खडेरीले धान सुकेर जाने चिन्ता लागेको छ ।” खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईका कैलाली र कञ्चनपुरको धान बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ । 

पहाडका जिल्लाबाहेक तराईको जिल्ला कैलालीमा ७१ हजार २५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ । यस क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख एपी चौरसियाले बताए ।  

यसपालि धेरै पानी नपर्ने कमजोर मौसम देखिएको चौरसियाले बताए । यस क्षेत्रमा गएको असार १८ गते ९८ मिलिमिटर र २० गते ५१ मिमि वर्षा भएको रेकर्ड भएको थियो । 

यो दुई दिनबाहेक त्यसपछि धानबालीलाई पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । प्रदेश नं ७ मा यस वर्ष जेठ २५ गते मनसुन भित्रिएको भए पनि कमजोर मनसुन रहेको चौरसियाले जानकारी दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।