बुधबार, असोज १४, २०८३

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९६ हजार ६ सय कायम गरिएको छ। गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। 

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Feb 20, 2022| 11:22 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्