काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ०५ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८७ पैसा र बिक्री दर ८६ रुपैयाँ ३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर