बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकलाई ठग्नेलाई जेल, ब्राजिल पठाउँछु भन्दै झुक्याउने पक्राउ

बैंकलाई ठग्नेलाई जेल, ब्राजिल पठाउँछु भन्दै झुक्याउने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– बैंकका कर्मचारीसँग मिलेमतोमा आर्थिह हिनामिना गर्ने तथा वैदेशिक रोजगारीको लोभ देखाउँदै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

बैंकका कर्मचारीसँग मिलेर रकम हिनामिना गर्ने धादिङ नलाङ २ का गेहेन्द्रबहादुर मल्ल पक्राउ परेका हुन् । 

बैङ्कका कर्मचारीसँगको मिलेमतोमा कमसल धितो राखी नेपाल बैङ्कबाट दुईकरोड नौं लाख ७५ हजार नौ सय ७६ रुपैयाँ कर्जा लिई  फरार रहेका मल्ललाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो । 

सर्वोच्च अदालतबाट २०७३ कार्तिक २२ गते दोषी ठहर भई एक करोड चारलाख ७५ हजार चारसय अठसठ्ठी रुपियाँ छत्तीस पैसा जरिवानका ठहर भएका  मल्ल फरार थिए ।

मल्लले पिजी स्टोर्स तथा सानीमा फर्निचरको नाममा बैङ्कबाट कर्जा लिएको सिआइबीले जनाएको छ । उनलाई आइतबार नै डिल्ली बजार सदर खोरमा पठाईएको छ ।
 
विदेश पठाउँछु भन्दै ठग्ने पक्राउ

त्यस्तै सिआईबीले वैदेशिक रोजगारीको नाममा ठगीगर्ने  सुर्खेत डाडाँखाली ४ का दिलबहादुर मल्ललाई पक्राउ गरेको छ । आकर्षक तलबमा ब्राजिल पठाउने भन्दै मल्लले ६ जनालाई भारतमा लगेर अलपत्र पारेको सिआईबीले जनाएको छ ।

काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका मल्ललाई जिल्ला अदालत काठमाडौंले आइतबार पाँच दिनको म्याद थपेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।