काठमाडौं- नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार आयोगले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि गरिएको जानकारी दिएको हो। बढेको मूल्य शनिबार राती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा ३-३ रूपैयाँ प्रतिलिटर बढाइएको निमगले जानकारी दिएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ तय गरेको छ। डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२८ रुपैयाँ तोकिएको छ।
एलपी ग्यासको मूल्य यथावत राखिएको छ। यसअघि पनि निगमले माघ १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।