बुधबार, असार ३१, २०८३

तरुण दलको प्रदर्शनमा घम्साघम्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-डा.गोविन्द केसीको समर्थनमा कांग्रेस निकट नेपाल तरुण दलले जनकपुरमा आइतबार गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ । तरुण दल आवद्ध युवाहरुले जर्बजस्ती जिल्ला प्रशासन कार्यालय भित्र प्रवेश गर्न खोजेपछि दुबै पक्षबीच घम्साघम्सी भएको हो ।

जनकपुर उपमहानगरपालिका–४ पिडडिया माइस्थानस्थित कांग्रेस पार्टी कार्यालयबाट निस्केको तरुण दलको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले वर्तमान सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनमा तरुण दल धनुषाका सभापति संजयलाभ कर्ण, उपसभापति राकेश विक्रम साह, नगरसभापति पंकज महतो लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

डा.केसीको मागप्रति समर्थन जनाउँदै तरुण दलको प्रदर्शनमा शनिबार प्रहरीले बल प्रयोग गरेपछि तरुण दलका केन्द्रीय अध्यक्षसहितका नेताहरु घाइते भएका थिए । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको विरोधमा तरुण दलले सबै जिल्लास्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।