शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गौतमबुद्ध विमानस्थलको निरीक्षणपछि मन्त्री आले भने – ‘न्यू इअर विथ न्यू एअरपोर्ट’

गौतमबुद्ध विमानस्थलको निरीक्षणपछि मन्त्री आले भने – ‘न्यू इअर विथ न्यू एअरपोर्ट’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेशन) उडान सुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल क्षेत्रको अवलोकन गरेका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

बुटवल- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेशन) उडान सुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल क्षेत्रको अवलोकन गरेका छन्। 

National life

शनिबार विमानस्थलको निरीक्षणपछि मन्त्री आलेले यान्त्रिक परीक्षणपछि नेपाल एयरलायन्सको ध्वजावाहक विमानबाट पहिलो परीक्षण गरिने बताए। ‘क्यालिब्रेशन फ्लाइट सम्पन्‍न गरिसकेपछि १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्नेछौं,’ मन्त्री आलेले पत्रकारहरुसँग भने। मन्त्री आलेले टेष्ट फ्लाइटपछि मात्रै विमानस्थल उदघाटन गरिने बताए। 

उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को रुपमा शुभारम्भ गरिने बताए। यसअघि मन्त्री आलेले बुद्धजयन्ती अगावै अन्र्तराष्ट्रिय उडान गर्ने गरी काम गर्न निर्देशन दिएका थिए। शुक्रबारबाट सुरु भएको क्यालिब्रेशन फलाईटले उत्साही बनाएको मन्त्री आलेले बताए। 

उनले निर्धारित समयमै क्यालिब्रेशन भएकाले ५६ दिनको रिर्पोटलगत्तै अन्र्तराष्ट्रिय उडान हुने मन्त्री आलेको विश्वास छ। बुद्ध जयन्तीमा विभिन्‍न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनको भनाइ छ। 

विमानस्थलमा हवाइ अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले त्यसले पार्ने प्राविधिक समस्या समाधानका लागि आफूले भारतको उडड्यनमन्त्रीसँग भेटेर सहयोगका लागि अनुरोध गरेको बताए। 

Laxmi sunrise bank
kumari

एरो थाईको विशेष जहाजले शुक्रबारबाट प्राविधिक परीक्षण उडान सुरु गरेको हो। विशेष विमानले भर्खर निर्माण सम्पन्‍न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेश गर्नेछ। एरो थाईले शुक्रबारदेखि शुरु गर्ने क्यालिब्रेशन आगामी फागुन १५ गतेसम्म जारी राख्‍ने छ।

प्रकाशित: Feb 19, 2022| 18:42 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।