सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • एमसीसीकै कारण मुलुकको राजनीतिक घटनाक्रम फेरिनसक्छ : प्रदेश मन्त्री चौधरी

Siddartha premir insuranceSiddartha premir insurance

एमसीसीकै कारण मुलुकको राजनीतिक घटनाक्रम फेरिनसक्छ : प्रदेश मन्त्री चौधरी

एमसीसीकै कारण सत्तारुढ गठबन्धन विभाजित भएकाले राजनीतिक समीकरण फेरबदल हुँदा प्रतिनिधिसभाको निर्वाचन हुनसक्ने विश्लेषण भइरहेको बेला मन्त्री चौधरीको यस्तो भनाई आएको हो।
 |  शनिबार, फागुन ७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

बुटवल- लुम्बिनीका पर्यटन, ग्रामिण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण मुलुकमा राजनीतिक घटनाक्रम फेरिन पनि सक्ने बताएका छन्। उनले सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भएपनिएमसीसीले त्यसमा फेरबदल आउन सक्ने बताए। 

triton college

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले प्रजातन्त्र दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले फागुन १६ गतेपछि कुन तहको चुनाव हुने यकिन हुने बताए। एमसीसीकै कारण सत्तारुढ गठबन्धन विभाजित भएकाले राजनीतिक समीकरण फेरबदल हुँदा प्रतिनिधिसभाको निर्वाचन हुनसक्ने विश्लेषण भइरहेको बेला मन्त्री चौधरीको यस्तो भनाई आएको हो।

‘नेपाली कांग्रेस चुनावबाट कहिल्यै भाग्दैन, प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा आफू हार्ने सूचना थाहा पाउदा पनि चुनाव गराएको इतिहास छ,’ मन्त्री चौधरीले भने, ‘एमसिसिबारे जुन खालको विवाद देखिएको छ, त्यसले अब कुन तहको चुनाव हुन्छ फागुन १६ पछि मात्रै थाहा हुन्छ।’

कांग्रेसका नेता समेत रहेका चौधरीलेएमसीसीमा चिन र अमेरीकाका नाममा राजनीतिक दलहरु विभाजित हुने कुरा दुःखद भएको बताए। उनले एमसीसी विकास परियोजना भएकाले यसलाई त्यहि रुपमा मात्रै बुझ्न आग्रह गरे। मन्त्री चौधरीले दलहरुले प्रजातन्त्रलाई बुझ्ने तरिका एउटै हुनुपर्नेमा त्यसो नहुँदा समस्या बल्झिरहेको बताए।

प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता बिषक अन्तरक्रिया समेत भएकाले मन्त्री चौधरीले निर्वाचन प्रणाली खर्चिलो भएकाले यसबारे समिक्षा गर्नुपर्ने बताए। कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँणले प्रजातन्त्र दिवसले सबै राजनीतिक शक्तिहरुलाई एकैठाउँमा उभ्याएकाले विभाजित नहुन आग्रह गरे। उनले राणशासन विरुद्ध विजयप्राप्त गरेको फागुन ७ गते सदैव स्मरणीय रहेको बताए।

Metro Mart
vianet

कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीले आर्थिक रुपमा कमजोर बर्ग समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था नभएकाले निर्वाचन प्रणालीका बारेमा पनि बहस गर्नुपर्ने बताए। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउँदै अबको निर्वाचनलाई प्रविधिमैत्री, मितव्ययी बनाउन दलहरुलाई सुझाव दिए।

छलफल कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा अर्याल, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, बार एसोसिएशन उच्च अदालत बुटवलका अध्यक्ष जोग बहादुर खत्री, नेकपाका नेता खोमा तरामू मगर, बुटवल उद्योग बाणिज्य संघका सचिव मुक्ति अधिकारी, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, शान्ति समाजका रुपन्देही अध्यक्ष डिपि खनाल, सचिव कपिल ज्ञवालीले बोल्दै प्रजातन्त्रको अनुभूती नागरिकले गर्न नपाएकाले दलहरुले गम्भीर समीक्षा गर्ने बेला आएको बताएका थिए। 

प्रकाशित: Feb 19, 2022| 17:50 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।