शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले सही कुरा बोल्न डराउन नहुने सुझाव दिए।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताएका छन्।

National life

७२औँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई थप सुरक्षित र व्यवस्थित गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।मुलुकमा विभिन्न समयमा भएको क्रान्तिपश्चात् पुरानो संरचना बदलिएर नयाँ संरचना स्थापना भए पनि जनअपेक्षाअनुसारको काम गर्न अझै नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले यो सरकार अब नयाँ ढङ्गबाट जनहितका काम गर्न दत्तचित्तले लागिपरेको र त्यसका लागि न्यूनतम साझा कार्यक्रमसमेत तय गरिएको बताएका छन्।

अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले सही कुरा बोल्न डराउन नहुने सुझाव दिए। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, अर्थमन्त्री शालिकराम जम्मकट्टेल, वन तथा वातावरणमन्त्री विशाल खड्कालगायत विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रजातन्त्र लेखिएको ब्यानर उडाएर प्रजातन्त्रको स्थापनामा योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गरेका थिए। 

प्रकाशित: Feb 19, 2022| 20:00 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।