बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीबारे गोकुलको धारणा- एमाले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी हो

एमसीसीबारे गोकुलको धारणा- एमाले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी हो

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति असन्तुष्टि जनाएका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति असन्तुष्टि जनाएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमा आक्रोस पोख्दै असन्तुष्टि जनाएका हुन्।

एमाले बोलेन भनेर अरुले भनिरहन आवश्यक नभएको उनको टिप्पणी छ। उनले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी नै एमाले भएको बताएका छन्।

‘अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो। समाधानबिनानाको उग्रताले कहीँ पनि पुर्‍याउॅंदैन। फलानो बोल्यो, तिलानो बोल्यो, एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन। दबाब र प्रभावभन्दा  परै बसेर सुदूर भविष्यसम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।’

प्रकाशित: Feb 19, 2022| 11:53 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...