बिहीबार, असार ३२, २०८३

बीपी स्मृतिमा वृक्षारोपण र रक्तदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूण्य तिथिको अवसरमा धनुषा कांग्रेसले वृहत्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कोइरालाको ३६ औँ पूण्य तिथिको अवसरमा कांग्रेस नगर समितिले आइतबार जनकपुर-१२ स्थित श्री माध्यमिक विद्यालय कुवा रामपुरमा वृक्षारोपण गरेको हो । 

प्रदेशसभा भवन नजिकै रहेको विद्यालयमा विभिन्न प्रजातिका दुई सय १० बोटविरुवा लगाइएको नगर समिति सभापति मनोज साहले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति महेश शंकर गिरी लगायतका नेताहरुको उपस्थिति थियो ।

यसैगरी बीपीको ३६ औँ पूण्य तिथिको अवसर पारेर नेवि संघ धनुषाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेवि संघका नगर सभापति सुमन ठाकुरको आयोजनामा स्थानीय पिडाडी चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जिल्ला सभापति सुजित मिश्रले जानकारी दिए ।

यसै अवसरमा नेवि संघले आइतबार साँझ जनकपुर-८ स्थित जानकी वृद्धाश्रममा फलफूल तथा लत्ता कपडा वितरण र राराब क्याम्पस परिसर भित्र वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको झाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।