शुक्रबार, पुस २५, २०८२

फुपाजु नै अपहरणकारी बनेपछि...

रुपन्देहीमा विद्यालय हिँडेका २ दाजुबहिनी आफन्तबाटै अपहरणमा परेको खुलेको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, फागुन ६, २०७८

बुटवल- रुपन्देहीमा विद्यालय हिँडेका २ दाजुबहिनी आफन्तबाटै अपहरणमा परेको खुलेको छ। रुपन्देही सैनामैना नगरपालिका ६ का १२ वर्षीय प्रसिद्ध दाहाल (छोरा) र ९ वर्षीया प्रसन्न (छोरी) आफ्नै फूपाजूबाट अपहरणमा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

National life

विद्यालय गएका छोराछोरी नआएपछि आमा पुष्पा दाहालले रुपन्देही प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा प्रहरीले खोजतलासका सुरु गरेको थियो। प्रहरीले देशभर अलर्ट गरेपछि उनीहरू दुवै जना शुक्रबार दिउँसो झापाको विर्तामोडमा फेला परेका हुन्। दुवैलाई सकुशल उद्धार गरेपछि अपहरण भएको पुष्टि भएको प्रहरीले जनाएको छ।  

बिहीबार बिहान ८:४० बजे सैनामैना-४ मुर्गियास्थित प्रभात आवसीय बोर्डिङ स्कुलका लागि घरबाट हिँडेका थिए। साँझ घर नफर्केपछि बालबालिकाको खोजी गर्दै इलाका प्रहरी कार्यालय रन्यौरामा पुष्पाले जाहेरी दिएकी थिइन्। प्रसिद्ध र प्रसन्नसँगै स्कुल बसमा चढेर गई गाडी रोकिएपछि 'फोटो खिच्नु छ' भन्दै ललाई फकाई गरी झापा पुर्‍याएको पाइएको रुपन्देही प्रहरीले जनाएको छ।

दुवै बालबालिकालाई शुक्रबार दिउँसो २ बजे झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देहीतर्फ ल्याइएको रुपन्देही जिल्ला प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए। उनका अनुसार बालबालिकालाई झापा पुर्‍याउने अभियुक्त खिम बहादुर पौडेललाई पनि नियन्त्रणमा लिइएको छ। पौडेल अपहरणमा परेका बालबालिकाका फूपाजू पर्छन्।

पुष्पा दाहालले आफनो छोराछोरीलाई आफन्तले अपहरण गरेको बताउँदै आएकी थिइन्। सैनामैना वडा न.५ घमाहा खोला बस्ने पौडेलले पारिवारिक रिसइबीका कारण अपरहण गरेको आशंकासहित प्रहरीमा जोहरी दिएकी थिइन्। यो विषयमा अनुसन्धान भइरहेकाले थप विषय खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

Laxmi sunrise bank
kumari

प्रभात आवसीय बोडिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले घर नपुगेको खबर आएपछि मात्रै खोजी शुरु गरिएको बताए। उनले विद्यार्थीको आफन्तले फोटो खिचाउँन लैजान्छु भनेर दुई बालिबालिकालाई मुर्गिया झारेको कुरा कर्मचारीले भनेको बताए।

प्रकाशित: Feb 18, 2022| 20:20 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।