काठमाडौँ- सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ र चितवनको राप्ती नगरपालिका-६ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिए।
उक्त क्षेत्रमा फागुन १ गते बर्ड फ्लु भेटिएको थियो।