बुधबार, असार ३१, २०८३

कानून मन्त्रीले माफी मागे 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- न्याय, कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली चेलीको विषयमा बोलेका शब्दप्रति माफी मागेका छन्। 

मन्त्री तामाङले आइतबार विज्ञप्ती जारी गर्दै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली चेलीको अवस्था दर्दनाक रहेको भन्ने सूचना मात्र सार्वजनिक गरेको तथा त्यसको विकल्प नेपालमै चिकित्सा विषय अध्ययन गर्नु नै प्रमुख रहेको बताएको उल्लेख गरेका छन् । 

उनले विज्ञप्तीमार्फत् विदेशमा नेपाली विद्यार्थीहरूले त्यस्ता समस्या भोग्ने दिनको अन्त्य हुनुपर्छ भन्ने आशयले आफ्नो धारणा सार्वजनिक गरेको बताएका छन्। 

मन्त्री तामाङले ४ साउनमा प्राक्सिस इन्टरनेसनल एकेडेमी विद्यालयले एसईई परीक्षाका उत्तीर्ण विद्यार्थीको बिदाई कार्यक्रममा बोल्दै ‘देशबाहिर अध्ययन गर्न जाने नेपाली चेलीले आफ्नो शरीर प्राध्यापकलाई नसुम्पिर्इ प्रमाणपत्र पाउँदैनन्’भनेका थिए। 

मन्त्रीको यस्तो अभिव्यक्ति आएपछि चौतर्फी विरोध भएको थियो। चारैतिर विरोध हुनथालेपछि सचिवालयबाट विज्ञप्ती जारी गर्दे मन्त्री तामाङले आफू सधैं महिलाहरूको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अश्मिताको रक्षामा प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

मन्त्री तामाङले जारी गरेको विज्ञप्ती


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।