बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि प्रशिक्षार्थी लैजान पुनः सुरु गर्ने इजरायली राजदूतको प्रतिबद्धता

कृषि प्रशिक्षार्थी लैजान पुनः सुरु गर्ने इजरायली राजदूतको प्रतिबद्धता

नेपालका साना किसान कृषि सहकारी संस्था सदस्यका छोराछोरीलाई कृषि प्रशिक्षार्थीका रूपमा इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- नेपालका साना किसान कृषि सहकारी संस्था सदस्यका छोराछोरीलाई कृषि प्रशिक्षार्थीका रूपमा इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साना किसान लघुवित्त वित्तीय संस्थाका प्रतिनिधिहरूसँगको भेटमा नेपालका लागि इजरायलका राजदूत हानान गोडरले यस्तो बताएका हुन्। कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको उनले बताएका हुन्। 

नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्ययन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बन्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरेका थिए। नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानहरुलाई ठूलो गुन लगाएको भन्दै प्रशंशा गरेका थिए। 

उनले युवा किसानहरुलाई समेट्दै कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए। राजदूत हानान गोडरकै अग्रसरतामा नेपालका साना किसाका छोराछोरीहरुलाई १० महिने प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो।

भेटमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिईयो झलेन्द्र भट्टराईलगायत सहभागी थिए। 

प्रकाशित: Feb 18, 2022| 15:38 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्