मंगलबार, भदौ २, २०८३

एमसीसी पास भए गठबन्धन टुट्नेमा दुईमत छैन : शशांक कोइराला

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेकोसमेत उनले बताएका थिए।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा शशांक काइरालाले एमसीसी पारित भए ५ दलीय सत्ता गठबन्धन टुट्नेमा दुईमत नहरेको बताएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा नेता कोइरालाले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेकोसमेत उनले बताएका थिए। 

'एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न देख्छु। गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ। दुई मध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ। एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो,' सांसद कोइरालले थपे, 'किनभने ५ सय मिलियन डलर धेरै हो। प्रसारण लाइनदेखि बाटोसम्मका आयोजनामा खर्च गर्न यति ठूलो अनुदान कसैले पनि हतपति दिँदैन। यसको पछि उनीहरुको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ।'

एमसीसी पारित गर्दैमा नेपालमा अमेरिकी सेना आउँछ भन्ने हल्ला निराधार भएको समेत उनले दाबी गरेका थिए। ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेको छ। हाम्रो अस्तित्व नै डामाडोल हुन्छ। अमेरिकी सेना यहाँ आउँछन्। धेरै कुराहरु छन्। ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन्। त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ।' 

प्रकाशित: Feb 18, 2022| 14:44 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...