बुधबार, असोज १४, २०८३

सुनको मूल्य तोलामा चार सयले रुपैयाँ बढ्यो

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो। 

यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ। हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको हो।

प्रकाशित: Feb 18, 2022| 11:22 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्