शनिबार, मंसिर १३, २०८२

'रोल्पाली जनता सूर्यमा मतदान गर्न आतुर छन्'

एमाले रोल्पाको बिहीबार बसेको सचिवालय बैठकमा बोल्दै केन्द्रीय सदस्य जीएमले सबै पालिकाका वडा र टोल कमिटीलाई तीव्ररूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिइन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

रोल्पा- नेकपा (एमाले)की केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह-इन्चार्ज ईश्वरी जीएमले स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लास्तरीय नेता-कार्यकर्तालाई गाउँ-टोलमा केन्द्रीत हुन आग्रह गरेकी छन्। 

National life

एमाले रोल्पाको बिहीबार बसेको सचिवालय बैठकमा बोल्दै केन्द्रीय सदस्य जीएमले सबै पालिकाका वडा र टोल कमिटीलाई तीव्ररूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिइन्।

गठबन्धन सरकारले संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव नगर्ने षड्यन्त्र गरेपनि सफल नहुने बताइन्। एमालेले रोल्पा जिल्लामा थप राम्रो नतिजा ल्याउनेसमेत जनाइन्। ‘रोल्पाली जनता एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर छन्। त्यसै जनमुखी कायक्रम लिएर टोल-टोलमा पुगौँ,’ उनले भनिन्।

एमाले रोल्पालाई बलियो बनाउन पार्टी कमिटीसँगै जनवर्गीय संगठनलाई पनि चलायमान बनाउन जरुरी रहेको उनको भनाइ छ। एमाले अहिले प्रतिपक्षको भूमिकामा रहेपनि पाँच दलीय गठबन्धनको गलत हर्कतविरूद्ध जनतासँगै उभिएको जीएमले बताएकी छन्।

प्रकाशित: Feb 18, 2022| 10:34 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।