बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३६ रुपैयाँ २६ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ १ पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ११ पैसा र बिक्री दर १३० रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३२ पैसा र बिक्री दर ८६ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८२ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 18, 2022| 07:05 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्