बुधबार, असार ३१, २०८३

दुर्घटनाहरूमा तीनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– धादिङको थाक्रेमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

घटनामा नौ वर्षीय रञ्जित तामाङको मृत्यु भएको हो। ना६क ५१७७ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो । चालकलाई कारवाही माग गर्दै स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । 

यस्तै, बुटवल–तानसेन सडकको हेडबक्सनजिकै भएको अर्को दुर्घटनामा बाबु–छोराको मृत्यु भएको छ । सिद्धबाबानजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उक्त घटना भएको हो । 

पाल्पाको तानसेन–७ टिन्टीआपका ४० वर्षीय माधव कुमाल र उनका १९ वर्षे छोरा उमेशको मृत्यु भएको हो । ना३प १००८ नम्बरको ट्रकले उनीहरू सवार लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै बाबु–छोरा सडकबाट करिब नौ सय मिटर तल तिनाउ नदी किनारमा खसेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।