बिहीबार, असार ३२, २०८३

पाँच महिनाभित्र जनकपुर-जयनगर रेल गुड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-आगामी पाँच महिनाभित्र जनकपुर–जयनगर मार्गमा रेल गुड्ने भएको छ। त्यसका लागि अन्तिम तयारी भइरहेको छ। 

रेल विभागका वरिष्ठ डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार पुस दोस्रो सातादेखि रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। 'सरकारले रेल गाडी खरिदका लागि ५० करोड रुपैयाँ छुट्याएको छ,' उनले भने।

उक्त रेलमार्गको लम्बाइ ३५ किलोमिटर छ। रेलमार्ग निर्माण द्रुत गतिमा अगाडि बढेको उनको भनाइ छ। विगतमा 'न्यारो गेज' रहेको उक्त रेलमार्गलाई अहिले 'ब्रोड गेज' बनाइएको छ। उक्त मार्गमा सञ्चालन हुने रेलमा डिजेल इन्जिन हुनेछ। 


  
रेल भाडामा लिएर भए पनि गुडाइने

रेल भाडामा लिएर भए पनि गुडाउने विभागको तयारी छ। विभागका अनुसार इन्जिनसहित १० वटाभन्दा बढी डब्बा भएको रेललाई ७० करोडदेखि एक अर्ब रुपैयाँसम्म पर्छ।

परियोजनाका इन्जिनियर विनोद ओझाले पनि रेल सञ्चालनका लागि  अन्तिम तयारी भइरहेको बताए। उनका अनुसार जनकपुर-जयनगरबीचमा तीन हल्ट (केही समय रोक्न मिल्ने स्थान), पाँच स्टेसन र आठ वटा टिकट काउन्टर राखिनेछ।

विगतमा ब्रिटिसहरूले सामान ओसारपसार गर्ने र व्यापार विस्तारका लागि निर्माण गरिएको जनकपुर–जयनगर रेलमार्गलाई पुनर्निर्माण गरी सञ्चालन गर्न लागिएको हो। सडक यातायातको विस्तारसँगै उक्त रेलमार्ग बन्द भएको थियो।

जनकपुर-जयनगर रेल सेवा पहिलो पटक सन् १९२७ मा व्यावसायिक प्रयोजनका लागि सञ्चालनमा आएर सन् २०१३ मा बन्द भएको थियो। 

तस्बिरहरू : विराट अनुपम/नेपाल समय



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।