बुधबार, असार ३१, २०८३

मुलुकभर तरुणको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुणले देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको छ । यही प्रदर्शन अन्तर्गत तरुणदलले काठमाडौं जिल्ला प्रशासनमा भने साङ्लो र ताल्चा बुझाउने भएको छ । 

शनिबार नयाँ बानेश्वरको झडपका क्रममा सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दै तरुणका कार्यकर्तामाथि लाठी चार्ज गरेको विरोधमा माइतीघर मण्डलाबाट निकालिएको तरुण दलको जुलुस अहिले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेको छ । 

शान्तिपूर्ण रुपमा बसेका तरुणदलका नेता कार्यकर्ताले विरोध स्वरुप सरकारलाई साङ्लो र ताल्चा बुझाउने भएका हुन् । 







यसैबीच नेपाल तरुणदल कैलालीको आयोजनामा आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा धर्नामा बसेर नाराजुलुस गरेका छन् । प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाउदै जुलुस पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । शनिबार काठमाडौंमा भएको प्रहरी दमनका बिरुद्द प्रदेश ७ का सबै जिल्लामा आइतबार ज्ञापन पत्र बुझाउनुका साथै नेपाल तरुण दलले प्रदर्शन गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।