बुधबार, असोज १४, २०८३

नेपाली बजारमा सुनको मूल्य हजार रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ।  बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपियाँमा कारोबार भएको थियो।

यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपियाँ निर्धारण भएको छ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपियाँले घटेको छ। बुधबार एक हजार २८५ रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपियाँ निर्धारण भएको छ।

प्रकाशित: Feb 17, 2022| 12:06 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्