बुधबार, असार ३१, २०८३

आन्दोलन तताउन देउवाले रद्द गरे विदेश भ्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सरकारविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। 

आन्दोलनको माहोल तात्तिएका बेला विदेश भ्रमणमा जानु अनुपयुक्त हुने ठहर गर्दै रद्द गरेको देउवा निकट स्रोतले जनाएको छ। 

कांग्रेस सभापति देउवा सिंगापुर र जापानको भ्रमणमा जाने तयारीमा थिए। उनी आइतबार विदेश भ्रमणमा निस्किने योजनामा थिए। 

सरकार सर्वसत्तावादतिर उन्मुख भएको बताउँदै कांग्रेस आइतबारदेखि देशव्यापी आन्दोलनमा उत्रिएको छ। शनिबार नयाँबानेश्वरमा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा तरुण दलका नेता/कार्यकर्ता घाइते भएका थिए। 

सरकारले अगाडि बढाउन खोजेको चिकित्सा शिक्षा विधेयकविरुद्ध डा. गोविन्द केसीले शुरु गरेको आमरण अनशनमा पनि कांग्रेसले ऐक्यबद्धता जनाएको छ। खासगरी, टेलिफोन र इन्टरनेटको महशुल वृद्धि फिर्ता लिन माग गर्दै तरुण दलले सडक तताएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।