धनगढी- मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको ज्यान गएको छ। धनगढी-अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग ठोक्किँदा गोदावरी नगरपालिका-५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराईको मृत्यु भएको हो।
अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका-१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किँएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो।