काठमाडौं- काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला रहेका छन्।
बिहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। फरार बसको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ।